Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

१८ अंकले घट्यो नेप्से, ८२ करोड ८५ लाख रुपैयाँको कारोबार

१८ अंकले घट्यो नेप्से, ८२ करोड ८५ लाख रुपैयाँको कारोबार


  • 2.4K
    Shares

    १८ अंकले घट्यो नेप्से, ८२ करोड ८५ लाख रुपैयाँको कारोबार

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचक १८ अंकमाथिले घट्न पुगेको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १५.७३ अंकले घटेर १९ सय ४.४० विन्दुमा झरेको नेप्से सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा ओर्लिएको हो । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि  घटेर ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँमा झरेको छ । 

    आज होटल तथा पर्यटन समूहको उपसूचक (०.३१ प्रतिशत) बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.०१ प्रतिशतले घटेको छ भने बैंकिङ समूह १.२४ प्रतिशतले, जीवन बीमा समूह १.२५ प्रतिशतले, हाइड्रोपावर १.१३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०४ प्रतिशतले घटेका छन् । अन्य उपसूचहरु १ प्रतिशत कमले घटेका छन् ।  

    यद्यपि, आज सुनराइज ब्लूचिप फण्ड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक दर्शन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सँगै सनराइज फोकस इक्युटी फण्डका लगानीकर्ताहरुले भने आज १० प्रतिशतले गुमाएका छन् । 

     

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - १५:३९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij