Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दुर्गम क्षेत्रमा उडान गर्न वायुसेवा निगमले ३ वटा जहाज किन्ने तयारी

दुर्गम क्षेत्रमा उडान गर्न वायुसेवा निगमले ३ वटा जहाज किन्ने तयारी


  • 1.9K
    Shares

    दुर्गम क्षेत्रमा उडान गर्न वायुसेवा निगमले ३ वटा जहाज किन्ने तयारी

    नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडान गर्ने ३ वटा जहाज किन्ने तयारी थालेको छ । निगमले जहाज खरिद गर्ने कार्ययोजना अगाडि बढाउन गठन भएको उपसमितिले सुझाव दिएलगतै खरिद प्रक्रिया सम्पन्न गर्न अर्को उपसमिति गठन गरेको छ ।

    वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान गर्न सक्ने ३ वटा साना जहाज खरिद गर्ने तयारी अगाडि बढेको छ । यसका लागि जहाज खरिद गर्ने कार्ययोजना अघि वढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ ।

    यस कार्यमा विशेष पहल गरी यथासक्य छिटो त्यस प्रकारका जहाज खरीद कार्य सम्पन्न गर्नको लागि निगम संचालक समितिद्धारा संचालक समितिका सदस्य बरिष्ठ क्याप्टेन सुधी समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

    यी जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने निगमको भनाइ छ ।

    निगमका अनुसार जहाज खरिदपछि पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने छ । निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास निगमको छ । यसबाट आफ्नो राष्ट्रिय र सामाजिक उत्तरदायित्त्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त रहेको निगमका प्रवक्ता पौडेलले सोमवार एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन । 

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १६:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij