Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२३ अंकले घट्यो नेप्से, ९२ करोडको कारोबार

२३ अंकले घट्यो नेप्से, ९२ करोडको कारोबार


  • 2.3K
    Shares

    २३ अंकले घट्यो नेप्से, ९२ करोडको कारोबार

    काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ । आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा सोमबार थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो । २३ अंक बढीले नेप्से सूचक घट्दै गर्दा यता आज कारोबार रकम समेत ९२ करोड ७८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बैङ्किङ समूहको उपसूचक  १.०२ प्रतिशतले घटेको छ भने विकास बैङ्क समूहको उपसूचक १.८८ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.६७ प्रतिशतले, इन्भेस्टमेन्ट समूह १.५८ प्रतिशतले घटेको छ । 

    यस्तै फाइनान्स समूहको उपसूचक १.८० प्रतिशतले घटेको छ भने जीवन बीमा र निर्जीव बीमा  समूहको उपसूचक क्रमशः १.५५ र ०.६७ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । आज पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज ब्लूचिफ फण्डको मूल्य ६.२५ प्रतिशतले घट्न पुगेको छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १४:३९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij