Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आइएमई पे र एम बैंकबीच सम्झौता

आइएमई पे र एम बैंकबीच सम्झौता


  • 1.7K
    Shares

    • images
    आइएमई पे र एम बैंकबीच सम्झौता
    images

    सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता भएको छ । सम्झौतामा आइमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका हुन् । 

    सम्झौताअनुसार एम बैंक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरू तथा संस्थाका सदस्यहरूले आइएमई पे वालेटमा रकम लोड, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर गर्न मिल्ने जनाइएको छ । त्यस्तै, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबलकारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानीलगायतका अन्य डिजिटल सेवा उपलब्ध हुने आइएमई पेले जनाएको छ ।

    मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पेमा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेको कम्पनीको दाबी छ । आइएमई पेका देशभर करिब ४५ हजार एजेन्ट रहेको जनाइएको छ । 

    चारवटा एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने
    आइएमई पेले सुरु गरेको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत ग्राहकले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् । कम्पनीले श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सका टिकटहरू सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने सेवा सुरु गरेको हो । 

    पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरेसँगै विभिन्न एयरलाइन्स कम्पनीहरू यस फिचरको प्रयोग गर्ने उद्देश्यले आइएमई पेसँग जोडिने प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ । ग्राहकले आइएमई पेबाट सुपथ मूल्यमा उच्च क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नुका साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्ने कम्पनीको दाबी छ । 

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १०:५९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij