Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी काम गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी काम गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन


  • 1.4K
    Shares

    बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी काम गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
    images

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोबार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

    नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग बिहीबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमालेख नवीकरणमा विशेष ध्यान दिन निर्देशन दिए ।

    अध्यक्ष सिलवालले भने, ‘मधेश प्रदेशमा बीमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरु नयाँ ढङ्गले अगाडि बढ्नुपर्यो । योग्य र दक्ष बीमा अभिकर्ताका माध्यमबाट बीमा व्यवसाय गर्नाले बीमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुपर्यो । बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटरब्याजीकोमा जानु पर्दैन । तसर्थ, बीमाले मिटरब्याजीलाई निरुत्साहित गर्छ ।’

    अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरुले नयाँ बीमालेख र बीमाशुल्कमा मात्र ध्यान दिनु भएन, बीमालेख नवीकरणमा पनि ध्यान दिनुपर्यो । ल्याप्स र सरेण्डरको अवस्था आउन नदिने गरी काम गर्नुपर्यो ।’

    अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका समस्याहरुको समाधानका लागि विकल्प सहित आउन आग्रह गर्नुहुँदै सोही अनुरुप समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए ।

    नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

    यसैगरी, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), बीरगञ्जका पदाधिकारीहरुसँग भएको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय जोखिमाङ्कनमा सुधार गर्न र व्यवसायिक दक्षताका साथ काम गर्न निर्देशन दिए ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १०:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij