Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने ८१ करोडमा खुम्चियो

८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने ८१ करोडमा खुम्चियो


  • 2.4K
    Shares

    ८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने ८१ करोडमा खुम्चियो

    काठमाडौँ । बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५.०७ अंकको विन्दुमा उक्लिएको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दैगर्दा यता कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ । 

    आज म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ भने अन्य ९ वटा उपसूचक १ प्रतिशत भन्दा कमले बढेका छन् । 

    म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१० प्रतिशतले , ०.५२ प्रतिशतले र ०.४१ प्रतिशतले घट्न पुगेको छ । 

    आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.१४ प्रतिशतले घट्न पुगेको छ । 

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - १४:३२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij