Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत


  • 2.2K
    Shares

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
    images

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । उनले विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६७ मत पाएका छन् । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसका थिए ।

    मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसका ३७, माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका हुन् । आजको प्रदेश सभामा उपस्थित ९१ प्रदेश सभा सदस्यमध्ये जम्कट्टेलको पक्षामा ६७ सांसदले विश्वासको मत दिएका हुन् । उनलाई मुख्यमन्त्री बन्नको लागि चाहिने मत ५६ हो ।

    बागमतीमा आजबाट एमाले सरकारबाट बाहिरिएको छ । जम्कट्टेललाई एमाले, राप्रपा र नेमकिपाले विश्वासको मत दिएनन् ।

     

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १६:१३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij