Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा. पंकजलाई धरौटीमा छाड्न अदालतको आदेश

दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा. पंकजलाई धरौटीमा छाड्न अदालतको आदेश


  • 2.0K
    Shares

    • images
    दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा. पंकजलाई धरौटीमा छाड्न अदालतको आदेश

    दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा.पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ। महोत्तरी रामगोपालपुर नगरपालिका ५ का चौधरी पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए ।

    न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो। स्रोतका अनुसार उनी आज धरौटी बुझाएर रिहा हुनेछन् ।

    ठुलो रकम खर्च गरेर धुमधामका साथ विवाह गरेका नेहा र पंकजको तीन बर्ष लामो प्रेम पछि विवाह गरेका थिए । त्यस्तै नेहाका परिवारले दाईजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताउँदै आएको छ ।

    नेहा चौधरीका अनुसार विवाहको केहि समय पछि नै दाइजो कम भएको भन्दै पंकजका परिवारले नेहालाई यातना दिएकी थिइन् । पंकजको कुटाइबाट नेहा अस्पतालसमेत भर्ना भइन् । लगत्तै पंकजले डिभोर्स मुद्दा चलाए ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - ११:३७:२८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij