२०८२ मंसिर ३ गते बुधवार
दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका डा.पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ। महोत्तरी रामगोपालपुर नगरपालिका ५ का चौधरी पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए ।
न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो। स्रोतका अनुसार उनी आज धरौटी बुझाएर रिहा हुनेछन् ।
ठुलो रकम खर्च गरेर धुमधामका साथ विवाह गरेका नेहा र पंकजको तीन बर्ष लामो प्रेम पछि विवाह गरेका थिए । त्यस्तै नेहाका परिवारले दाईजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताउँदै आएको छ ।
नेहा चौधरीका अनुसार विवाहको केहि समय पछि नै दाइजो कम भएको भन्दै पंकजका परिवारले नेहालाई यातना दिएकी थिइन् । पंकजको कुटाइबाट नेहा अस्पतालसमेत भर्ना भइन् । लगत्तै पंकजले डिभोर्स मुद्दा चलाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij