Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बजार खुलेको १५ मिनेटमै ५८ अंकले घट्यो नेप्से

बजार खुलेको १५ मिनेटमै ५८ अंकले घट्यो नेप्से


  • 2.3K
    Shares

    बजार खुलेको १५ मिनेटमै ५८ अंकले घट्यो नेप्से

    शेयर बजार खुलेको १ घण्टामै ५८ अंकले बजार घटेको छ । बजार खुलेसँगै सबैभन्दा बढी दबाब लघुवित्त समूहमै परिरहेको छ । 

    लघुवित्तका लगानीकर्ताले राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार आत्तिएर शेयर बेच्न थालेपछि असर बजारमा परेको हो । 

    बजार खुलेको एक घण्टामा २ वटा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागि सकेकेको छ । अरू ५ लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ । 

    बिहीवार एकैदिन ३७ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको थियो भने सबैजसो लघुवित्तका लगानीकर्ताले गुमाएका थिए । 

    आइतवार बजार खुलेसँगै लगानीकर्ताले लघुवित्तकै शेयर बेच्न थालेकाले यो समूहमा बढी दबाब परिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - ११:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij