२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई बिहीबार भइरहेको छ ।
संसदीय सनुवाई समितिको कार्यालयमा भएको सुनुवाईको क्रममा अमेरिकाका लागि राजदूत प्रस्तावित भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ कूटनीतिमा जोड दिने बताएका छन् ।
बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेका पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माको सुनुवाई जारी छ ।
प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले कात्तिक १७ गते सोमबार सुनुवाईको मिति कात्तिक २७ गतेका लागि तय गरेको थियो ।
मन्त्रिपरिषदको गएको अशोज १६ गते बसेको बैठकले पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij