Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता


  • 2.2K
    Shares

    माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    भारतीय विदेश सचिव विनय मोहन क्वात्रा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच कोटेश्वर भेटवाता भएको छ ।

    नेपाल निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

    हिजो बिहान काठमाडौँ आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे।

    क्वात्रा काठमाडौँ ओर्लिएलगत्तै दुई देशबीच सचिवस्तरीय वार्तासमेत भएको थियो। वार्तामा नेपालले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दिन प्रस्ताव गरेको थियो। क्वात्रा आजै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - ११:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij