Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

१८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

१८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक


  • 2.0K
    Shares

    १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले यहीँ आउँदो फागुन १ गते १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

    यद्यपि, कूल रकम मध्ये ८ अर्ब रुपैयाँ यसअघि कै ट्रेजरीको नवीकरण गरी बाँकी रहेको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बैंकले थप नयाँ जारी गर्ने भएको हो । 

    फागुन १ गते सोमबार बोलकबोल हुने ट्रेजरीको बिक्री फागुन २ गते मंगलबार हुने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले तोकिएको समय (फागुन १ गते, दिउँसो ३ बजेभित्र) अनलाइन आवेदन दिन सक्नेछन् । 

    बैंकले कूल ट्रेजरी मध्ये ८५ प्रतिशत सामुहिक प्रतिस्पर्धामा र बाँकी १५ प्रतिशत विनाप्रतिस्पर्धामा बिक्री गरिने जनाएको छ । इच्छुक सहभागिले दुबै प्रकृयामा भाग लिन पाउनेछन् ।

    यसअघि राष्ट्र बैंकले माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।  
     

    प्रकाशित मिति :माघ २९ २०७९ आइतवार - १५:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij