Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एन आई सी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष अफर

एन आई सी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष अफर


  • 2.3K
    Shares

    • images
    एन आई सी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष अफर
    images

    ‘भ्यालेन्टाइन डे’ को अवसरमा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ‘सेलिब्रेसन लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ।

    यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो। 

    २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्नेे ग्राहकलाई १४ प्रतिशत वा अधिकतम रु.२०० सम्म क्यासब्याक उपलब्ध हुनेछ। 

    साथै, बैंकले यसरी कारोबार गर्नुहुने मध्ये २० जना भाग्यशाली ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ को दिन अर्थात् २०७९ फाल्गुन २ (२०२३ फेब्रुअरी १४) मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाईएको छ। काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकको लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइनेछ।

    यस योजनामा मोबाइल बैंकिङ एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन। डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

    प्रकाशित मिति :माघ २८ २०७९ शनिवार - ०९:०३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij