२०८२ भाद्र १० गते मंगलवार
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को लागि जारी गरिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । आज (शुक्रबार) बिहान राष्ट्र बैंकले उक्त नीति सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति अन्तर्गतको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मुलुकको वित्तीय क्षेत्रलाई मार्गनिर्देशन गर्नका लागि राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंक सञ्चालक समितिको केहीबेर अघि बसेको बैठकले सो नीति पारित गरेपछि अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको थियो । साना ऋणि र व्यवसायीलाई सहज हुने गरि यो नीति सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिको समीक्षाले विद्यमान बैंक ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ ।
यद्यपि, बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij