Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुँदै, के सेयर बजारले पाउला त राहत ?

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुँदै, के सेयर बजारले पाउला त राहत ?


  • 2.0K
    Shares

    • images
    शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुँदै, के सेयर बजारले पाउला त राहत ?
    images
    नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वज्निक गर्ने भएको छ । शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर सोही दिन मौद्रिक नीति समीक्षा सार्वजनिक गरिने भएको छ ।
     
    शुक्रबार बिहान केन्द्रीय बैंकले सञ्चालक समीतिको बैठक बोलाएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार पछिल्लो समय आर्थिक सूचकहरु सबल बन्दै गएकाले कर्जा लगानी सहज बनाउने नीति लिइने भएको छ । खासगरी पुँजीगत खर्च बढाउन सहयोग पुग्ने किसिमको मौद्रिक नीति आउने ती अधिकारीले बताए । 
     
    यता, सेयर धितो कर्जामा पनि केही सहज नीति आउने संकेत राष्ट्र बैंकले दिएको छ । लगानीकर्ताहरुले पनि सेयर धितो कर्जामा १२ करोडको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोभन्दै उक्त व्यवस्था फिर्ता गर्न सुझाव दिएका छन् । सोही अनुसार केही लचक व्यवस्था गर्न सकिने सम्भावना रहेको केन्द्रीय बैंकको भनाई रहेको छ । 
     
    केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधार हुँदै गएकाले अफ्ठयारो अवस्थामा लिइएका नीतिहरुलाई विस्तारै परिवर्तन गर्दै, खुकुलो बनाउँदै जान सकिने बताएका थिए । फलस्वरुपः यसपटकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले केही नीतिगत व्यवस्थालाई सहज बनाइदिने अपेक्षा सरोकारवालाहरुको पनि रहेको छ ।
     
    मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ ले त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार माघ अन्तिमसम्ममा अर्धवार्षिक समीक्षा गरिसक्नुपर्छ । सोही अनुसार केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न लागेको हो । 

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १३:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij