२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र माघ २६ गतेदेखि बिक्री खुला हुने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो।
बैंकले ५ वर्षे अवधिको ‘स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणप’ बिक्री खुला गरेको हो। यसमा वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रमा बैंकले १४ लाख ४० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ९ लाख ६० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ। यस ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गते बैंकिङ समयपछि हुनेछ।
यसमा लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij