Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

९ वाणिज्य बैंकका सीईओ तथा सञ्चालकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, कुन-कुन ? (सूचीसहित)

९ वाणिज्य बैंकका सीईओ तथा सञ्चालकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, कुन-कुन ? (सूचीसहित)


  • 1.9K
    Shares

    • images
    ९ वाणिज्य बैंकका सीईओ तथा सञ्चालकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, कुन-कुन ? (सूचीसहित)
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित ९ वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ ।

    माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको । सानिमाले तत्कालीन सीईओ भुवन दाहाललाई थप सेवा सुविधा दिएको भन्दै सचेत गराइको छ ।

    यता सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लंघन गरेको आरोपमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकलाई ५० लाख रूपैयाँका दरले जरिबाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

    केही बैंक भने कारबाहीमा दोहोरिएका छन् । केन्द्रीय बैंकले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे र सिभिल बैंकलाई ऋणीलाई दिएको कर्जामा नियमविपरीत पुन: प्रिमियम दर वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

    यस्तै नबिल बैंकलाई ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएको भन्दै सचेत गराइएको छ ।

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - १३:०५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij