Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?


  • 2.2K
    Shares

    ७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक,  बोलकबोल कहिले ?

    नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘ञ’ बिक्री  गर्ने भएको छ। केन्द्रीय बैंकले माघ २५ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि माघ २४ गते बोलकबोलमार्फत बिक्री गरिने छ।

     यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्ने छन्।

    यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र २०८४ माघ २५ गते परिपक्व हुनेछ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइने छ।

    बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ५.९५ अर्ब र १.०५ अर्ब छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ। 

    अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १३:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij