Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन नेप्सेको निर्देशन

सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन नेप्सेको निर्देशन


  • 2.3K
    Shares

    सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन नेप्सेको निर्देशन

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन निर्देशन दिएको छ। 

    नेप्सेले आज एक सूचना प्रकाशित गरी वर्गीकरणका लागि आवश्यक विवरण पठाउन सूचीकृत संगठित संस्थाहरुलाई निर्देशन दिएको हो।

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकोले सोका लागि आवश्यक विवरण पठाउन नेप्सेले सूचित गरेको छ। 

    त्यस्ता विवरण पेस गर्न नेप्सेले आफ्नो वेबसाइटमा ढाँचा फाराम पनि उपलब्ध गराएको छ। विवरणहरु यही फागुन १० गतेसम्म कार्यालय समयभित्र प्राप्त हुने गरी वा लिस्टिङ शाखाको ई–मेलमार्फत उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ। 

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १२:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij