Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२१ अर्ब १० कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

२१ अर्ब १० कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?


  • 2.3K
    Shares

    २१ अर्ब १० कराेडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

    नेपाल राष्ट्र बैंकले २१ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो।

    बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे। उक्त ट्रेजरी बिल फागुन २३ गते परिपक्क हुनेछ। बैंकले  ९१ दिनकाे अवधिकाे लागि ७ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे। उक्त ट्रेजरी बिल २०८० साल वैशाख २६ गते परिपक्क हुनेछ।

    यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे। उक्त ट्रेजरी बिल २०८० साल श्रावण २३ गते परिपक्क हुनेछ। त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे। उक्त ट्रेजरी बिल २०८० साल माघ २३ गते परिपक्क हुनेछ।

    राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (माघ २३ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी माघ २४ गते, मंगलबार बिक्री हुनेछ।

    ट्रेजरी बिल भनेको के हो ? 

    ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

    63df668acfdcd.jpg

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १४:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij