२०८२ भाद्र २ गते सोमवार
नेपाल राष्ट्र बैंकले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले सीपमूलक तथा उत्पादन मूलक उद्योग व्यवसाय संचालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा सो प्रतिशत मात्रै थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने भएको हो ।
राष्ट्र बैंकले २०७९ साउन १८ गते निर्देशन जारी गरी बैंक तथा वित्तीय संस्थाले २ करोड रुपैयाँ सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्ववेशी कज्जा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) संचालनका लागि आाधारदरमा २ प्रतिशतमात्र थप गर्न पाउने भएको हो ।
साथै यदि कसैले यस्ता खालका कर्जा लिएकोमा अर्थात् लिने वालामा छ भने आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने आफुले कर्जा लिएको वा लिने संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सो सम्बन्धित संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij