Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

गुणस्तरहीन औषधि बिक्री बढेको भन्दै निगरानी बढाउन विभागलाई मन्त्री गिरीको निर्देशन

गुणस्तरहीन औषधि बिक्री बढेको भन्दै निगरानी बढाउन विभागलाई मन्त्री गिरीको निर्देशन


  • 2.2K
    Shares

    • images
    गुणस्तरहीन औषधि बिक्री बढेको भन्दै निगरानी बढाउन विभागलाई मन्त्री गिरीको निर्देशन
    images

    स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । 

    मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले विभागलाई यस्तो निर्देशन दिएका हुन् । उनले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । 

    उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे । उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । 

    मन्त्री गिरीले विभाग मा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन आग्रह गरे । नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने उनले बताए ।  

    मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । उनले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताए । स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभुत रुपले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको मन्त्री गिरीले बताए । 

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - १४:३६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij