Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ?

किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ?


  • 1.8K
    Shares

    • images
    किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ?
    images

    काठमाडौं । पुसभित्रै एकीकृत कारोबार थाल्ने भनेर जोडबल भए पनि सिभिल बैंक हिमालयन बैंकमा गाभिन अझै समय लाग्ने भएको छ । पुस मसान्तभित्र प्राप्ति प्रक्रिया टुंग्याउन नसकेपछि माघ १८ देखि एकीकृत कारोबार गर्ने भनिएको थियो । तर अझैसम्म राष्ट्र बैंकले प्राप्ति प्रक्रिया टुंग्याउने पत्र नदिएपछि यो प्रक्रिया नै रोकिएको हो ।

    राष्ट्र बैंकले आइतबार (आज) मात्रै पत्र प्राप्ति प्रक्रिया टुंग्याउन पत्र दिने भएपछि माघ मसान्तभित्र सबै प्रक्रिया टुंग्याउने गरी अघि बढ्न खोजिएको दुबै बैंकका अधिकारीहरुले जनाएका छन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि अस्तित्व गुमाउन लागेको सिभिल बैंकका सबै लाइसेन्सहरु खारेज गर्नुपर्ने हुन्छ ।

    कम्पनी रजिस्ट्रारको कार्यालयदेखि आन्तरिक राजश्व कार्यालयसम्म ५–६ वटा निकायमा अनुमति खारेज गर्नुपर्ने हुन्छ । दुबै बैंकले एकीकृत कारोबार सुरु गर्नुअघि कर्मचारीका लागि स्वेच्छिक अवकास योजना पनि ल्याउने तयारी थालेका छन् । तर सिभिलका कर्मचारीका लागिमात्रै यस्तो योजना ल्याउने की हिमालयका कर्मचारीलाई पनि हटाउने भन्ने टुंगो लागिसकेको छैन ।

    कर्मचारी समायोजनमा म्यानेजरभन्दा तल्लो तहका कर्मचारी समान हैसियतमा गाभिने सहमति भएको छ । तर व्यवस्थापक तहका कर्मचारीहरु समायोजन गर्दा सिभिलका धेरैजसो कर्मचारी एक तह घटुवामा पर्ने छन् । यसअघि हिमालयन र नेपाल इन्भेष्टमेण्टबीच मर्जरको प्रक्रिया चल्दा हिमालयनभन्दा कम तलब दर भएको नेपाल इन्भेस्टमेण्टका कर्मचारीलाई ४ वर्षभित्र समान तलव बनाउने समझदारी भएको थियो ।

    तर सिभिललाई किन्दैगर्दा हिमालयनले सिभिलका कर्मचारीको तलब नबढाउने भएको छ । कानूनअनुसार खाइपाई आएको तलब घटाउन नपाउने भएकाले बैंकिङ क्षेत्रमै बढी तलब दिनेमध्येको हिमालयन र कम तलब दर भएको सिभिलका कर्मचारीको तलब समायोजन नहुने भएको छ । यसले भविष्यमा दुई बैंकका कर्मचारीबीच विभेद र मनमुटाव हुनसक्ने सिभिलका एक कर्मचारी बताउँछन् ।

    यी दुई बैंकको जोड्दा पनि २ हजार हाराहारीमात्रै कर्मचारी संख्या पुग्ने छ । त्यसकारण धेरै कर्मचारीलाई अवकाश दिनुपर्ने बाध्यता नभए पनि सिभिलबाट आउनेहरुलाई कम तलब दिएर हतोत्साही बनाउन सक्ने सिभिलका कर्मचारीहरु बताउँछन् । तर हिमालयको व्यवस्थापनले भने एउटै संस्था भइसकेपछि विस्तारै जिम्मेवारी र दक्षताका आधारमा तलव समायोजन गर्दै जाने बताएका छन् ।

    मर्जरभन्दा प्राप्ति प्रक्रियामा जाँदा हिमालयनलाई सबै कुरा आफ्नै ढंगले अघि बढाउन सजिलो पर्ने भएको छ । तर पनि धेरै काम बाँकी भएकाले यो माघ अन्तिमसम्म पुर्वतयारीमै समय लाग्ने देखिएको बैंकका अधिकारी बताउँछन् । ‘मसान्तको दिनबाट कारोबार थाल्नुभन्दा फागुन १ गतेबाट सुरु गरौं भन्ने भएको छ’ सिभिलका एक अधिकारीले भने ।

    हिमालयन बैंकको सञ्चालक समिति पनि फागुन १ बाट कारोबार थाल्ने योजनामा छ । यसको अप्रत्यक्ष, तर सुक्ष्म राजनीतिक अर्थ रहेको स्रोत बताउँछ । फागुन १ लाई सत्तारुढ माओवादीले सशस्त्र द्वन्द्वको थालनि भएको दिन अथर्गात् उनीहरुकै भाषामा ‘जनयुद्ध दिवस’ मनाउने गर्छ ।

    हिमालयको हालको सञ्चालक समितिमा माओबादी केन्द्रको ठूलो प्रभाव छ । यसअघि जनार्दन शर्मा अर्थमन्त्री भएर आएलगत्तै नेपाल इन्भेष्टमेण्टसँग सबै कुरा टुंगिइसकेको मर्जर भाँडिदिएका थिए । हिमालयनको सञ्चालक समिति अध्यक्षबाट तुलसीराज गौतमलाई हटाएर प्रचण्डबहादुर श्रेष्ठलाई अध्यक्ष बनाउन जनार्दन शर्माको सबैभन्दा ठूलो हात छ । विजयबहादुर श्रेष्ठ र उनका सहोदर भाइ प्रचण्डबहादुर माओवादी केन्द्रसँग निकट सम्बन्ध राख्छन् । उनीहरु जनार्दन शर्माका पनि राम्रै दाता हुन् ।

    उनै श्रेष्ठ दाजुभाइले नेपाल इन्भेस्टमेण्टसँग मर्जर भए प्रमुख कार्यकारी अधिकृत अशोक राणा र नेपाल इन्भेष्टमेण्टका अध्यक्ष पृथ्वीबहादुर पाँडे मिलेर आफ्नो दबदबा सिध्याउँछन् भन्ने त्रास थियो । त्यही कारण उनीहरु आफ्नो पकड भएको सिभिल बैंक गाभ्न पहिलेदेखि नै दबाब दिँदै आएका थिए ।

    श्रेष्ठ दाजुभाइले नेपाल इन्भेष्टमेण्टसँग मर्जर नगरी नछोड्ने हो भने त्यसै बेला सिभिललाई पनि गाभ्नुपर्ने भनेर खोँचे थापेका थिए । श्रेष्ठ दाजुभाईले सिभिल मिसाउँदा बैंकमा आफ्नो पकड अझ बलियो हुने ठानेका छन् । जबकी, कुनै एउटा व्यक्ति, परिवार वा समूहको बोलवालाबाट बैंकलाई मुक्त गर्न भन्दै राष्ट्र बैंकले मर्जर र प्राप्तिमा बैंकहरुलाई दबाब दिँदै आएको छ ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - ११:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij