२०८२ भाद्र १० गते मंगलवार
मुक्तिनाथ विकास बैङ्कको नाफा ३.९६ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले नाफा वृद्धि भएको हो ।
वित्तीय विवरणअनुसार बैंकले चालू आवको दोस्रो त्रैमाससम्म ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँभन्दा बढी नाफा कमाएको छ । बैंकले गत आवको दोस्रो त्रैमाससम्म ६० करोड २४ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी दुई अर्ब चार करोड ४४ लाख ३४ हजार रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा बैङ्कको यस्तो रकम एक अर्ब ५३ करोड २९ लाख ३७ हजार रुपैयाँ मात्रै थियो । यो रकम चालू आवको तुलनामा ३३.३७ प्रतिशत बढी हो ।
त्यस्तै, सञ्चालन नाफा ३.९६ प्रतिशत वृद्धि भएको छ अघिल्लो आवको पुस मसान्तमा ८६ करोड ५ लाख ८० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको मुक्तिनाथले समीक्षा अवधिमा ८९ करोड ४६ लाख १९ हजार रुपैयाँ यस्तो नाफा कमाएको हो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी बृद्धि हुँदा बैङ्कले नाफा आर्जन गर्न सफल भएको हो ।
त्यस्तै पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाखभन्दा बढी रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म बैंकको जगेडा कोषमा २ अर्ब १९ करोड र एवं रिटेन्ड अर्निङमा ६ करोड ३ लाख सञ्चित देखिएको छ ।
पुस मसान्तसम्म एक खर्ब ९ अर्ब निक्षेप सङ्कलन गरेर ९२ अर्ब १९ करोड कर्जा प्रवाह गरेको मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी ६ अर्ब ४२ करोड रुपैयाँ नाघेको छ ।
बैंकले १३.५० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी वृद्धि भएको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी १९.५१, मूल्य आम्दानी अनुपात २१.५३ गुणा, तरलता अनुपात २२.५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij