Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ब्याजदर घटाउँदै एनआइसी एशिया बैंक

ब्याजदर घटाउँदै एनआइसी एशिया बैंक


  • 1.9K
    Shares

    • images
    ब्याजदर घटाउँदै एनआइसी एशिया बैंक
    images

    चर्को आलोचनापछि एनआइसी एशिया बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दा चर्को आलोचना आएपछि ब्याजदर परिर्वतन गरेको हो ।

    बैंकले व्यक्तिगत मुद्दतीअन्तर्गतको खाताहरुको ब्याजदर घटाएको हो । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ मुद्दती खाताको ब्याजदर ११ प्रतिशत कायम गरेको छ ।यसअघि बैंकले सार्वजनिक गरेको व्याजदरअनुसार बैंकले उक्त खातामा ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    साथै बैंकले मासिक निक्षेप खाताको पनि ११ प्रतिशत ब्याजदर कायम गरेको छ ।यसअघि बैंकले सो खातामा पनि ११.४२ प्रतिशत ब्याजदर नै निर्धारण गरि ब्याजदर सार्वजनिक गरेको थियो । साथै बैंकले सर्वश्रेष्ठ रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर पनि १२.४२ प्रतिशतबाट परिमार्जन गरी १२ प्रतिशत कायम गरेको छ ।

    साथै तीन महिनादेखि ५ वर्षसम्म अवधिको लागि व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले यसै खाता अन्तर्गत व्यक्तिगतमा ११.४२ र संस्थागततर्फ ९.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    नेपाल बैंकर्स संघले माघ महिनाका लागि सबै खालका खाताहरुमा १.१३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेसँगै सबै बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका थिए । एनआइसी एशिया बैंकले मुद्दती निक्षेप अन्तर्गतको ब्याजदर तोकिएको प्रतिशत कायम नगर्दा चौतर्फी आलोचना भएको थियो ।

     

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - १२:५६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij