Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि, घाँटी थिचेर यसरी गरिएछ हत्या

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि, घाँटी थिचेर यसरी गरिएछ हत्या


  • 7.0K
    Shares

    भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि, घाँटी थिचेर यसरी गरिएछ हत्या

    बैतडी । बैतडीको दोगडाकेदार नगरपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार पोस्टमार्टम रिपोर्ट आज प्रहरीलाई दिइएको छ । एक उच्च प्रहरी अधिकारीले भने, “बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ ।

    घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु पनि छन् । थप अनुसन्धान भने जारी छ ।” सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार साँझसम्म घर फर्किएकी थिइनन् ।

    उनी बिहीबार बिहान मुख्य सडकको केही भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्ट आउनुअघि प्रहरीले हत्या मात्रै हो या बलात्कार पनि भन्ने यकिन गर्न सकेको थिएन । घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न टोली खटिएका छन् ।

    प्रकाशित मिति :माघ २६ २०७७ सोमवार - १६:४७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij