Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

माघमा ब्याजदर घटाउने निर्णय, अहिले कुन बैंकको कति छ कर्जा रेट ?

माघमा ब्याजदर घटाउने निर्णय, अहिले कुन बैंकको कति छ कर्जा रेट ?


  • 1.9K
    Shares

    • images
    माघमा ब्याजदर घटाउने निर्णय, अहिले कुन बैंकको कति छ कर्जा रेट ?
    images

    बैंकको ब्याजदर बढेर अर्थतन्त्रमा नै मन्दी आएको बहसका बीच बैंकले ब्याजदर घटाउने निर्णय गरेको छ। माघ महिनामा वाणिज्य बैंकको ब्याजदर घट्ने भएको हो। नेपाल बैंकर्स संघको होटल अलफ्टमा बसेको बैठकले माघ महिनामा ब्याजदर घटाउने निर्णय गरेको छ। 

    एक वाणिज्य बैंकका सीईओले कर्जा तथा निक्षेपको ब्याजदर करेक्सन गर्ने निर्णय भएको जानाकारी दिए। उनले भने, ‘राष्ट्र बैंकले दिएको अधिकार प्राप्त गरि ब्याजदर घटाउने निर्णय भएको छ। त्यसमा अहिले कायम भएको ब्याजरमा १० प्रतिशतसम्म घटाउने अधिकार छ। र सोही अनुसार बैंकले निर्णय लिनसक्ने भएका हुन्।’ 

    नेपाल राष्ट्र बैंकको सर्कुलर अनुसार अघिल्लो महिनामा कुन बैंकको कति ब्याजदर रहेको थियो। त्यसलाई एक सय मान्दा १० प्रतिशत घटबढ गर्न सक्ने व्यवस्था छ, यदि कुनै बैंकको ब्याजदर १० प्रतिशत रहेको खण्डमा अब बैंकको ब्याजदर ९ प्रतिशतमा झर्ने छ। 

    अहिले कुन बैंकको कति छ कर्जा रेट ?

    सिभिल बैंकको आधार दर ११ प्रतिशत रहेको छ। प्रिमियम जोडिएर कर्जा वितरण हुँदा १८ दशमलव १५ प्रतिशत ब्याज पर्ने भएको छ।

    एनएमबी बैंकको आधार दर १० दशमलव ०२ प्रतिशत रहेको छ। यस बैंकबाट कर्जा लिँदा अधिकतम १६ दशमलव २ प्रतिशत ब्याज पर्ने भएको छ। 

    नबिल बैंकको आधार दर ८ दशमलव ७७ प्रतिशत कायम भएको छ। यस बैंकबाट कर्जा लिँदा १५ दशमलव ७७ प्रतिशत ब्याज लाग्ने भएको छ।   

    राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७ दशमलव ८६ प्रतिशत कायम छ। यस बैंकको कर्जा सबै भन्दा सस्तो पर्ने देखिन्छ। यो बैंकबाट कर्जा लिँदा अधिकतम १२ दशमलव ८६ प्रतिशत ब्याज लाग्ने देखिएको छ।  

    ग्लोबल आईएमई बैंकको आधार दर १० दशमलव १० प्रतिशत कायम रहेको छ। जस अनुसार प्रिमियम जोडिँदा यस बैंकको अधिकतम कर्जा दर १६ दशमलव १० प्रतिशत पर्ने भएको छ। 

    लक्ष्मी बैंकको आधार दर १० दशमलव ३१ प्रतिशत रहेको छ। यसमा प्रिमियम जोडिँदा यस बैंकको कर्जा दर १६ दशमलव ३१ प्रतिशत सम्म पर्ने भएको छ। 

    कृषि विकास बैंकको आधार दर ९ दशमलव २७ प्रतिशत रहेको छ। जसमा प्रिमियम जोडिँदा यस बैंकको कर्जा १४ दशमलव २७ प्रतिशतसम्म पुग्ने खेखिएको छ। 

    नेपाल बैंकको आधारदर ८ दशमलव ९१ प्रतिशत रहेको छ। यस बैंकको कर्जा १४ दशमलव ४१ प्रतिशत कायम हुने देखिएको छ। 
    एभरेष्ट बैंकको आधार दर ९ दशमलव २५ प्रतिशत रहेकोमा यसमा प्रिमियम जोडिँदा यस बैंकको कर्जा १६ दशमलव २५ प्रतिशत सम्म कायम हुने भएको छ। 

    एनआईसी एशिया बैंकको आधारदर १० दशमलव ३३ प्रतिशत रहेको छ। यस बैंकको कर्जा लिँदा १६ दशमलव ८३ प्रतिशतसम्म पर्ने भएको छ। 

    नेपाल एसबीआई बैंकको आधारदर १० दशमलव ६ प्रतिशत रहेको छ। यसमा प्रिमियम जोडिँदा १६ दशमलव ०६ प्रतिशत हुने भएको छ। 

    कुमारी बैंकको आधारदर १० दशमलव ८७ प्रतिशत रहेको छ। यस बैंको कर्जादर अधिकतम १७ दशमलव ३७ प्रतिशत पुग्ने भएको छ। 

    माछापुच्छ्रे बैंकको कर्जादर अधिकतम १७ दशमलव ८७ प्रतिशत पुग्ने भएको छ। यस बैंकको आधारदर १० दशमलव ३६ प्रतिशत रहेको छ। 

    हिमालयन बैंकको आधारदर ९ दशमलव ८८ प्रतिशत रहेको छ। यस बैंकबाट कर्जा लिँदा १५ दशमलव ८८ प्रतिशत ब्याज पर्ने भएको छ। 

    स्टयान्डर्ड चार्टर्ड बैंकको आधारदर ८ दशमलव ४५ प्रतिशत रहेको छ। यस बैंकबाट अधिकतम कर्जा १५ दशमलव ९५ प्रतिशतसम्म पर्ने भएको छ। 

    सनराइज बैंकको आधार दर १० दशमलव ८१ प्रतिशत रहेको छ। यस बैंकबाट कर्जा लिँदा अधिकतम १७ दशमलव ८१ प्रतिशत कायम हुने भएको छ। 

    नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९ दशम १३ प्रतिशत रहेको छ। बैंकबाट कर्जा लिँदा १६ दशमलव १३ प्रतिशत ब्याज पर्ने भएको छ। 

    यस्तै, सेन्चुरी बैंकबाट कर्जा लिँदा १७ दशमलव ७५ प्रतिशत ब्याज पर्ने भएको छ। सिटिजन्स बैंकबाट कर्जा लिँदा १६ दशमलव ५५ प्रतिशत ब्याज पर्ने भएको छ।

    प्रभु बैंकबाट कर्जा लिँदा १६ दशमलव ६२ प्रतिशतसम्म ब्याज पर्ने भएको छ।

    प्राइम बैंकबाट कर्जा लिँदा १६ दशमलव ९८ प्रतिशत ब्याज पर्ने भएको छ। सानिमा बैंकबाट कर्जा लिँदा १७ दशमलव ०४ प्रतिशत ब्याज पर्ने भएको छ।

    सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५ दशमलव ८५ प्रतिशत पर्ने भएको छ।

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - ०६:४४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij