Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि सुरू

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि सुरू


  • 2.4K
    Shares

    • images
    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि सुरू
    images

    नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले आजदेखि एकिकृत कारोबारको सुरू गर्दैछन् ।

    मर्जरसँगै नेपाल इन्भेष्टमेन्टको कुल पूँजी ५८ अर्ब पुगेको छ । दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट कुल पूँजीतर्फ सर्वाधिक ठुलो भएको छ ।

    दुई बैंकलाई मर्जरमा जानको लागि राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

    मर्जरपछि कुल निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यो ग्लोबल पछि दोस्रो ठुलो निक्षेप हो । त्यस्तै कर्जा लगानी तीन खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ ।

    बैंकको शाखा सञ्जाल २९६ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९ वटा पुगेको छ । एटिएम २७९ वटा सञ्चालनमा आएको छ भने कुल ग्राहक संख्या ४० लाख नाघेको छ ।

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - ११:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij