२०८२ भाद्र ११ गते बुधवार
चिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन दिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सो सरहका कक्षा सञ्चालन गरिरहेका कलेजलाई आयोगको अनुमतिबिना भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।
आयोगका सदस्यसचिव डा. भोजराज शर्मा काफ्ले केही कलेजले आयोगले कार्यक्रमगत रूपमा सिट निर्धारण नगरी भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको बताए ।
आयोगले कुनै पनि शैक्षिक संस्थाले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १७ अनुसार यस आयोगबाट कार्यक्रमगत रूपमा सिट निर्धारण भएका शैक्षिक संस्थाका लागि मात्र उक्त ऐनको दफा १६ (५) को (ग)अनुसार आयोगको समन्वय परिषद्ले प्रवेश परीक्षा लिई सोको योग्यता क्रममा रहेका उम्मेदवारलाई मात्र भर्ना गर्नुपर्ने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij