Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रभु र सेञ्चुरी कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु

प्रभु र सेञ्चुरी कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु


  • 2.4K
    Shares

    • images
    प्रभु र सेञ्चुरी कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु
    images

    प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ । दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकको एकीकृत कारोबार शुरु भएको हो । 

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ ।

    दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ । प्राप्तिपश्चात् बैंकको केन्द्रीय कार्यालय हालको प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान, बबरमहल, काठमाडौंमै रहनेछ ।

    प्रभु बैंकले यस वर्ष ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । बोनसपछि सेञ्चुुरीको चुक्तापूँजी १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ।

    दुवै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १२:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij