Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पुस २५ बाट एकीकृत कारोबार सुरु हुँदै

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पुस २५ बाट एकीकृत कारोबार सुरु हुँदै


  • 2.7K
    Shares

    • images
    ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पुस २५ बाट एकीकृत कारोबार सुरु हुँदै
    images

    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ।

    यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।दुबै बैंकको मंसिर २३ गते बसेको छुट्टाछुट्टै साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्।

    नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको हो।

    त्यस्तै, बैंक अफ काठमाण्डू गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व ग्लोबल आइएमई बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरमा जाने स्वीकृति दिएको हो।

    मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ। 

    साथै, डाटा माइग्रेशन प्रयोजनका लागि बैंक अफ काठमाण्डूको बैंकिङ सेवा पुस २२ गतेदेखि २४ गतेसम्म बन्द रहने समेत जनाइएको छ। 

    दुबै बैंक १:१ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। तसर्थ, बैंक अफ काठमाण्डूको १०० कित्ता सेयर हुने सेयरधनीहरूले ग्लोबल आइएमई बैंककाे पनि १०० कित्ता नै सेयर पाउँनेछन्।

    ग्लोबल आइएमई बैंकको १०० कित्ता सेयर बराबर बैंक अफ काठमाण्डूको १०० कित्ता नै सेयर हुने अनुपातमा मर्जर भएको हो।

    हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको चुक्ता पुँजी ११ अर्ब २६ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी ३६ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - १२:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij