२०८२ माघ ९ गते शुक्रवार
काठमाडौँ । विवेकशील पार्टीले अधिनायकवाद विरुद्ध जुत्ता बोकेर प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा उक्त पार्टीका कार्यकर्ताले प्ले-कार्ड, ब्यानर र जुत्ता बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको विरोध तथा संसदीय सुनुवाईविना नै संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै उनीहरूले जुत्ता-प्रदर्शन गरे । ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरिएको हो ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij