Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सहिद स्मारक 'ए' डिभिजन लिग: मनाङको 'युवा टोली', को-को छन् खेलाडी?

सहिद स्मारक 'ए' डिभिजन लिग: मनाङको 'युवा टोली', को-को छन् खेलाडी?


  • 2.0K
    Shares

    • images
    सहिद स्मारक 'ए' डिभिजन लिग: मनाङको 'युवा टोली', को-को छन् खेलाडी?
    images

    शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक सफल मध्येको टोली मनाङ मर्स्याङदी क्लबले आगामी लिगका लागि टोली घोषणा गरेको छ।

    अघिल्लो सिजन मनाङबाट कप्तान गरेका अञ्जन बिस्टलगायत राष्ट्रिय टोलीका दिनेश राजवंशी, पुजन उपरकोटी लगायतका खेलाडीले क्लब छाडिसकेका छन्। यस्तोमा मनाङले युवा खेलाडीसम्मिलित नयाँ टोली बनाएको छ।

    यो सिजनका लागि मनाङको प्रशिक्षण किरण श्रेष्ठले गर्नेछन् भने गोलकिपर प्रशिक्षकमा प्रविण श्रेष्ठ रहेका छन्।

    ‘मनाङ ठूलो टिम हो। विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ। क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु,' प्रशिक्षक श्रेष्ठले भने, 'यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ। मनाङको यसपटकको खेलाडी संरचना फरक छ। यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे। अहिले पुरै युवा खेलाडीको टिम छ। नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु।’

    यस सिजनका लागि मनाङले अनुबन्ध गरिएका खेलाडीमा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर छन्।

    नयाँ सिजनको लिगमा हामीले युवा खेलाडीमाथि विश्वास गर्दै उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेको जनाएको छ।

    प्रकाशित मिति :पौष १९ २०७९ मंगलवार - १२:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij