Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मर्ज भयो कुमारी र एनसीसी बैँक, कति छ यसको चुक्ता पुँजी ?

मर्ज भयो कुमारी र एनसीसी बैँक, कति छ यसको चुक्ता पुँजी ?


  • 2.2K
    Shares

    • images
    मर्ज भयो कुमारी र एनसीसी बैँक, कति छ यसको चुक्ता पुँजी ?
    images

    कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज भएर आइतबार (आज)बाट एकीकृत कारोबार सुरु भएको छ । अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ । 

    गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई मर्ज हुने प्रस्ताव पारित गिरएको थियो । बैंकहरुले गत असोज १० गते मर्जरमा जाने सम्झौता पिन गरेका थिए ।

    अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यता कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बै‌कहरुको एकीकृत कारोबार भएपछि चुक्ता पुँजी करिब २६ अर्ब हाराहारीमा पुगेको छ । 

    दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ स्वीकृति दिएका थिए भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएका थिए । मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - १३:०५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij