२०८२ भाद्र १० गते मंगलवार
२५ वाणिज्य बैंकहरुले नियम विपरित लिएको साढे ४ अर्ब रुपैयाँ बढी प्रिमियम र ब्याज रकम फिर्ता गर्ने भएका छन् । राष्ट्र बैंकले नियम विपरित लिएको रकम फिर्ता गर्न निर्देशन दिएपछि उक्त रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कृषि विकास बैंक बाहेकका २५ वाणिज्य बैंकले मात्रै ग्राहकबाट नियम विपरित असुल गरेको रकम ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
यो सूचीको पहिलो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । उसले ४८ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।
दोस्रो स्थानमा रहेको नबिल बैंकले ४७ करोड र तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टड बैंकको ४० लाख रुपैयाँ मात्रै रकम फिर्ता गर्नुपर्ने देखिएको छ ।
बैंकले गत वर्ष नियम विपरित असुल गरेको ४० लाख रुपैयाँ फिर्ता गर्नु परेको हो ।
सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमाडौ र पाइम कर्मसिलय बैंकले २६ करोड रुपैयाँ ग्राहकको खातामा फिर्ता गर्दा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।
यस्तै, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड १० लाख, एनएमबी बैंकले १६ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १५ करोड ४० लाख, नेपाल बैंक १५ करोड, प्रभु बैंकले १५ करोड, लक्ष्मी बैंकले १३ करोड ३० लाख, हिमालयन बैंक १२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड, सिटिजन्स बैंकले १२ करोड, माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रुपैयाँ रहेको छ ।
त्यसैगरि सिभिल बैंकले ११ करोड २० लाख रुपैयाँ, मेगा बैंकले ११ करोड, सानीमा बैंकले ११ करोड, एनसीसी बैंकले ८ करोड ५० लाख, सेन्चुरी बैंकले ६ करोड ५० लाख र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
यी सबै बैंकहरुले नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij