प्रभु बैंकको संस्थापक समूहको ४० लाख कित्ता सेयर भर्ने आज (पुस १३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १२६ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १२६ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।