Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सेवाग्राहीसँग अतिरिक्त रकम असुल्न खोज्ने भण्डारी पक्राउ

सेवाग्राहीसँग अतिरिक्त रकम असुल्न खोज्ने भण्डारी पक्राउ


  • 7.2K
    Shares

    सेवाग्राहीसँग अतिरिक्त रकम असुल्न खोज्ने भण्डारी पक्राउ

    तनहुँ । नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने प्रहरी हवल्दार पक्राउ परेकी छन् ।

    ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीले त्यस कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले हबल्दार शान्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

    उनलाई सेवाग्राहीबाट लिएको १० रुपैंयाँ सहित नियन्त्रणमा लिईएको आयोगका प्रवक्ता नारायणप्रसाद सिलवाले जनाएका छन् ।ती हवल्दार विरुध्द विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १४:२१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij