Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

२५ वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, कसको कति ?

२५ वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, कसको कति ?


  • 2.3K
    Shares

    • images
    २५ वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, कसको कति ?
    images

    पुस १० गते आइतबारसम्म २६ वाणिज्य बैंक मध्ये २१ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । चार वाणिज्य बैंकले लाभांश प्रस्ताव नगर्ने निर्णय गरिसक्दा एक वाणिज्य बैंकले अझैसम्म लाभांशको निर्णय गरेका छैनन् । 

    हालसम्म लाभांश घोषणा गरेका मध्ये नबिल बैंकले सबैभन्दा बढी ३० प्रतिशत लाभांश घोषणा गरेको छ भने उक्त बैंकलाई बीओके र एभरेष्ट बैंकले पछ्याएका छन् । यी दुई बैंकले क्रमशः २०.९५ र २०.६८ प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेका छन् । 

    एनआईसी एशिया, सनराइज, माछापुच्छ्रे र लक्ष्मी बैंकले आव २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेका छन् । यी चार बैंकले गत वर्षको नाफा सञ्चित गर्ने निर्णय गरेका हुन् । 

    लाभांश सम्बन्धी निर्णय गरेका २५ वाणिज्य बैंक मध्ये हालसम्म १० वटाले वार्षिक साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने १५ वटाको लाभांश पारित हुन बाँकी छ । ती मध्ये १४ वटाले वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन्  । 

    हालसम्म लाभांश पारित गर्नेमा बीओके, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, कुमारी, एनसीसी, नेपाल इन्भेष्टमेण्ट, सानिमा, सिटिजन्स र मेगा हुन् । बाँकीले लाभांश पारित गर्न बाँकी छ । 

    सनराइज बैंकले साधारण सभाको मिति तोकेको छैन भने कृषि विकास बैंकले भने लाभांश घोषणा गर्नै बाँकी छ । 

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १६:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij