Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?


  • 2.3K
    Shares

    • images
    साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?
    images

    नेपाल राष्ट्र बैंकले आगामी पुस १२ गते साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कुल १८ अर्ब ५० करोड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको हो । 

    सोमबार अर्थात् पुस ११ गते उक्त ट्रेजरीको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

    बैंकका अनुसार ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रूपैयाँ छुट्याइएको छ । 

    यसअघि पुस ४ गते राष्ट्र बैंकले तीन किसिममा कुल १० अर्ब ८६ करोड रूपैयाँको ट्रेजरी बिल्स बिक्री गरेको थियो ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - ११:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij