२०८२ माघ ८ गते बिहिवार
एनआईसी एसिया बैंकको डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने भएको छ।
बैंकले आज एक सूचना जारी गर्दै आज शुक्रबार बैंकिङ कारोबारपश्चात भोलि शनिबार अपराह्नसम्म डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने जानकारी गराएको छ।
यो अवधिमा बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, कार्ड (क्रेडिट÷प्रिपेड डलर कार्डबाहेक), रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध रहने बैंकले जनाएको छ।
बैंकको कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नतिका लागि यी सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ।
सेवा अवरुद्ध समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij