Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

ओली शासनमा बलात्कारी बढेको भन्दै माइतीघरमा प्रधानमन्त्रीको खेदो खन्दै लगाईए यस्ता नारा 

ओली शासनमा बलात्कारी बढेको भन्दै माइतीघरमा प्रधानमन्त्रीको खेदो खन्दै लगाईए यस्ता नारा 


  • 9.7K
    Shares

    ओली शासनमा बलात्कारी बढेको भन्दै माइतीघरमा प्रधानमन्त्रीको खेदो खन्दै लगाईए यस्ता नारा 

    बैतडी । सुदूरपश्चिमको कन्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा दुई बर्षदेखि समात्न नसकिएको पृष्ठभूमिमा त्यही प्रदेशअन्तर्गत अर्की स्कूले छात्रा उस्तै नियतिको शिकार भएकी छन् ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्ट र अर्की किशोरी गीता महरको बलात्कारपछि हत्या गरिएको आशंकामा अनेरास्ववियुले शनिबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

    बलात्कारीलाई फाँसी दे भन्ने नारासहित गरिएको प्रदर्शनमा अनेरास्ववियुका साथै महिला हिँसाविरोधी अभियानका सदस्यहरुले सहभागिता जनाएका थिए ।

    सहभागीहरुले पञ्च र्याली बन्द गर, बिघटित संसद पुनर्स्थापना गर, बलात्कारीलाई फाँसी दिने कानुन निर्माण गर, ७० करोडवालालाई होइन छोरीलाई बचाऊ, महिला हिंसा अन्त्य गरलगायतका नारा लगाइएको थियो ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १२:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij