२०८२ चैत्र २ गते सोमवार
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
तोलाको एक लाख १५ रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार भने घटेको छ।अघिल्लो कारोबार दिन प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij