Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?


  • 2.1K
    Shares

    • images
    ५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?
    images

    नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले मंगलबार बोलकबोल गर्ने भएको हो । 

    सूचना अनुसार पुस ५ गते २ बजे विकास ऋणपत्रको खरिद बोल कबोल हुनेछ । इच्छुक खरिदकर्ताले २ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । 

    सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ऋणपत्रको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक रुपमा बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री हुनेछ । तर, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ । 

    ऋणपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिक (६÷६ महिना) मा हुने तर सो ब्याजमा ब्याजकर लाग्ने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :पौष ४ २०७९ सोमवार - १२:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij