Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

संशोधित निर्यात अनुदान कार्यविधि २०७९ अनुसार प्रकृया अघि बढाउन राष्ट्र बैंकको निर्देशन

संशोधित निर्यात अनुदान कार्यविधि २०७९ अनुसार प्रकृया अघि बढाउन राष्ट्र बैंकको निर्देशन


  • 2.2K
    Shares

    • images
    संशोधित निर्यात अनुदान कार्यविधि २०७९ अनुसार प्रकृया अघि बढाउन राष्ट्र बैंकको निर्देशन
    images

    काठमाडौं। राष्ट्र बैंकले संशोधित निर्यात अनुदान कार्यविधि २०७९ अनुसार प्रकृया अघि बढाउन सुर्कुलर गरेको छ। सिमेन्ट, डन्डी लगायत वस्तु निर्यातमा दिइने अनुदानका लागि राष्ट्र बैंकले १४ निकायलाई सर्कुलर जारी गरेको हो। 

    बैंकले निर्यात अनुदान कार्यविधि अनुसार व्यावस्था मिलाउन सबै पक्षलाई आग्रह गरेको छ। चालु वर्षको बजेटमा सरकारले थप ६ वस्तुको निर्यातमा अनुदान दिने व्यावस्था गरेको छ।

    सो बमोजिम निर्यातको ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि राजपत्रमा छापिइसकेको छ। कार्यविधि अनुसार सोधभर्नाबाट उद्योगीले रकम प्राप्त गर्नेछन्।

    यसअघि कागजात पुर्‍याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था १५ दिनका लागि कायम गरिएको छ। रकम भुक्तानीका लागि अर्थमन्त्रालयले राष्ट्र बैंकलाई रकम उपलब्ध गराउनेछ। 

    प्रकाशित मिति :पौष ४ २०७९ सोमवार - ११:४६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij