Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

लागुऔषधसहित एक पक्राउ

लागुऔषधसहित एक पक्राउ


  • 7.6K
    Shares

    लागुऔषधसहित एक पक्राउ

    सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।  

    शुक्रबार कविलासी नगरपालिका–८ अगर्वाबाट ठुलो परिणाममा लागु औषध सहित कविलासी नगरपालिका–१० निवासी ३० वर्षीय नन्द किशोर राय पक्राउ परेका हुन् । बिआर ३० एम ०३९५ नम्बरको मोटरसाइकलमा मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेका रायको साथबाट नाईट्राभेट ट्याब्लेट फेला परेको प्रहरीले जनाएको हो । 

    सुराकीको आधारमा प्रहरीले मोटरसाइकल चेक जाँच गर्ने क्रममा सेतो प्लाष्टिकको झोलामा राखेर लुकाई छिपाई लैजाँदै गरेको ८० पत्ता १२ सय पिस ट्याब्लेट लागु औषध नाईट्राभेट–१० बरामद भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक दिपक चोरवारले जानकारी दिए । 

    प्रहरीले बरामद गरेको लागुऔषध, मोटरसाइकल र पक्राउ परेका रायलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरीको हिरासतमा राखिएको  छ । 

    प्रकाशित मिति :माघ २४ २०७७ शनिवार - ०९:४३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij