Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१० प्रतिशत बोनस दिने सानिमा बैंकको निर्णय

१० प्रतिशत बोनस दिने सानिमा बैंकको निर्णय


  • 1.8K
    Shares

    • images
    १० प्रतिशत बोनस दिने सानिमा बैंकको निर्णय
    images

    सानिमा बैंकले आइतबार १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    यस्तै साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल निर्वाचित भएका छन् । 

    आर्थिक वर्ष २०७८/७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा बैंकले निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको जनाइएको छ । 

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - १५:४८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij