Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कतार विश्वकप: क्वार्टरफाइनलबाटै बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा

कतार विश्वकप: क्वार्टरफाइनलबाटै बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा


  • 2.1K
    Shares

    • images
    कतार विश्वकप: क्वार्टरफाइनलबाटै बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा
    images

    कतार विश्वकपको क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डोज सान्तोषले राजीनामा दिएका छन्।

    विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि ६८ वर्षिय सान्तोषले राजीनामा दिएका हुन्। ८ वर्ष पोर्चुगलको राष्ट्रिय टोली सम्हालेका सान्तोषले २०१६ को युरोकप र २०१९ मा युइएफए नेसन्स लिगको उपाधि टोलीलाई दिलाएका थिए। 

    सान्तोषले राजीनामा दिएपछि पोर्चुगिज फुटबल महासंघ ९एफपीएफ०ले सान्तोष र उनको टेक्निकल टोलीलाई अहिलेसम्मको यात्राको लागि धन्यवाद दिएको छ। यो ८ वर्ष अद्धितिय रहेको भन्दै यो धन्यवाद पोर्चुगिज जनताको तर्फबाट पनि भएको बताएको छ।

    योसँगै एफपीएफले नयाँ प्रशिक्षकको खोजी पनि सुरु गरिसकेको जनाएको छ। विश्वकपका दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि उनको आलोचना भएको थियो। दक्षिण कोरियाबीचको खेलमा रोनाल्डोलाई सब्टिच्युट गर्दा खराब प्रतिक्रिया दिएको भन्दै सान्तोषले स्वीटजरल्याण्डविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखेका थिए।

    रोनाल्डोको स्थानमा मैदान उत्रेका गोन्कासो रामोसले ह्याट्रिक गर्दा ६–१ को जित दर्ता गरेको थियो। क्वार्टरफाइनल खेलमा रोनाल्डोलाई बेन्चमा राख्दै रामोसलाई नै सुरुवाती रोजाइमा उतारेको खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो।

    प्रकाशित मिति :पौष १ २०७९ शुक्रवार - ११:२६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij