Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१९ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

१९ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज


  • 2.2K
    Shares

    • images
    १९ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज
    images

    नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न लागेको हो । 

    राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल पुस १९ गते परिपक्व हुने छ। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल फागुन २३ गते परिपक्व हुने छ। त्यस्तै १८२ दिनका लागि १० अर्ब रुपैया बराबरको ट्रेजरी बिल जारी गर्नेछ। षाे ट्रेजरी बिल २०८० जेठ २३ गते परिपक्व हुनेछ।

    यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

     

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - ११:४०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij