२०८२ माघ ८ गते बिहिवार
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको आज (सोमबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमध्ये १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो।
कम्पनीले गत वर्ष १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij