२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को जागिरका लागि भर्ना खुल्ला गरेको छ। यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो।
सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो।
खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
आजैदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij